पृथ्वी राजमार्गमा भएको ठक्कर दुर्घटनामा ६ जना घाईते

 धादिङ । पृथ्वी राजमार्गअन्तर्गत थाक्रो गाउँपालिका–२, बाह्र किलोमा बस र ट्रिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश–०१–ख–३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आएको बाग्मती प्रदेश–०१–००६–ख–४२६० नम्बरको ट्रिपर ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको र बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ