चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण गए राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे सडक अवरुद्ध भएको थियो। तत्काल पहिरो पन्छाउने कामसँगै राति ११:५५ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको थियो। आज बिहान ७:१५ बजेदेखि भने सडक पूर्णरूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले ठक्कर दिँदा ना६ख १५२२ नम्बरको बसको अगाडिको सिसामा क्षति पुगेको छ।










