देशका कतिपय भागमा आज भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै सरदर स्थानमा सक्रिय छ।

आज मुलुकभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी तराई क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस क्रममा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्नेछ।

विभागले निरन्तर वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहन सक्ने, साना–ठूला नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ