काभ्रेका पत्रकार न्यौपानेलाई सहकारी पत्रकार सम्मान

काभ्रे बनेपा — काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रेका संयोजक, साथै रेडियो एबिसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने शनिबार ‘सहकारी पत्रकार सम्मान’बाट सम्मानित भएका छन्।

जिल्ला सहकारी सङ्घ लिमिटेड, काभ्रेपलाञ्चोकले ४४औं वार्षिक साधारणसभा तथा ५८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारी पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै न्यौपानेलाई नगद रु. १० हजारसहित सम्मान गरेको हो।

सहकारी क्षेत्रका गतिविधि, चुनौती र सम्भावनालाई निरन्तर उठान गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेकोमा उनको भूमिकालाई उच्च सम्मान गरिएको सङ्घले जनाएको छ।

सम्मान ग्रहण गर्दै पत्रकार न्यौपानेले सहकारी आन्दोलनलाई अझ सबल बनाउन पत्रकारिता लाई निरन्तर दिने बताएका छ्न।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ