ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ