काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेकाे छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपीनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपीनकी आमा पद्माले छोराको शीघ्र रिहाइका आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरिन् । बहिनी पुष्पाले पनि आफ्नो दाइ निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशीघ्र फिर्ता बोलाइ सहयोग गरिदिन अनुरोध गरिन् ।
प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइको लागि पहल गर्ने आश्वासन दिएको पुष्पाले जानकारी दिइन् । विपिन जोशीलाई सकुशल नेपाल फर्काउन कुनै एक व्यक्ति वा संस्थाले मात्र नभई सबै मिलेर पहल गर्नुपर्ने उनको भनाइ थियो ।










