आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्न आजदेखि देशभर रुट परमिट खुला गरिएको हो ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ ।










