झापा। झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका–३ झाँटी निवासी मानबहादुर दर्जीकी छोरी विष्णुमाया दर्जीको सानो माईखोलामा डुबेर ज्यान गएको हो ।
आइतबारदेखि हराइरहेकी विष्णुमायाको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।










