बागलुङमा डेङ्गी सङ्क्रमित संख्या ५३२ पुग्यो, सबै पालिकामा सतर्कता

काठमाडौँ । बागलुङ जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएकाे छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार हालसम्म जिल्लामा ५३२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित फेला परेका छन्।

सबैभन्दा धेरै सङ्क्रमण बागलुङ नगरपालिका क्षेत्रमा देखिएको छ, जहाँ २९५ जनामा डेङ्गी पुष्टि भएको छ। त्यस्तै तमानखोला गाउँपालिकामा भने एक जनामा मात्र सङ्क्रमण भेटिएको छ।

सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीहरूको दशवटै पालिकामा परीक्षण गरिएको जनाइएको छ। साथै, धौलागिरि अस्पताल बागलुङ, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ