विश्व निमोनिया दिवस आज, ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली’ नारासहित चेतनामूलक कार्यक्रमहरू

काठमाडौँ । निमोनियाबारे जनचेतना फैलाउने, बालबालिकाको मृत्यु दर घटाउने र सशक्त स्वास्थ्य प्रणाली निर्माणमा जोड दिँदै आज विश्वभर ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यस दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा सुदृढ पार्ने र सबल स्वास्थ्य प्रणाली निर्माणमा ध्यान केन्द्रित गरेको छ।

‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली—रोकथाम र उपचारमा लगानी गरौँ’ भन्ने नाराका साथ आज देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन हुने बताइएको छ।

निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक भएकाले सरकारले यस रोग नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउने, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्ने र आम जनतालाई रोगका जोखिम तथा रोकथामबारे सचेत गराउने कार्यमा जोड दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ