खानिखोला गाउँपालिका/भृकुटी माध्यमिक विद्यालय खानीखोला ३ का बिद्यार्थीहरुलाई ट्र्याकसुट, टोपी,जुत्ता,मोजा न्यायो समाग्री वितरण गरिएको छ ।
सिङ्गापुरका गुरु थुप्तेन कर्मा रिन्पोछेको विशेष उपस्थितिमा विद्यालयका विद्यार्थीहरूलाई जाडोमा सहज बनाउने उद्देश्यसहित उक्त गरिएको वितरण गरिएको हो ।

कार्यक्रममा खानिखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ, वडा नं. ३ का वडा अध्यक्ष सागर लामा, र समाजसेवी तथा युवा नेता राजन अधिकारीले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि तथा समाजसेवीहरूको पनि सहभागिता रहेको थियो ।











