काभ्रे-:काभ्रेपलाञ्चोक जिल्लाको मध्य–पहाडी भुभागमा फैलिएको बेथानचोक गाउँपालिका अहिले सुनौलो रङले ढाकिएको छ। खेत–बारीका जोत्न नपुग्दै छरिएको उहि जमिन आज तोरि–फूलको मोहनीमय सौन्दर्यले झन् जीवन्त देखिन्छ। बिहानको हल्का हिऊँदिलो हावा, पहाडबाट टल्किँदै झर्ने बिहानको घाम र स्वर्णिम रंगले फरफराउने तोरिका फुल—यी सबै मिलेर बेथानचोकको प्रकृतिलाई एउटा जीवित चित्र नै बनाइदिएको छ।

तोरिका फुल फुल्ने समयलाई यहाँका किसान मात्र होइन, मौरीपालकहरूको मौसमका रूपमा पनि चिनिन्छ। तोरिका फुलले फिजाउने मीठो सुवास तात्तातै पर पुगेर मौरीका समूहलाई आकर्षित गर्दछ र फुल फुल्ने बित्तिकै खेतभर गुञ्जने मौरीहरूको आवाजले वातावरण नै एउटा प्राकृतिक संगीतको स्वरमा बदलिन्छ। थरथरी नाँचिरहेको जस्तो लाग्ने मौरीहरूको त्यो चहलपहल हेर्दा मानौँ प्रकृतिले आफैँ उत्सव मनाइरहेजस्तो लाग्छ।

oplus_2
बेथानचोकमा मौरीपालन केवल रोजगारी मात्र होइन, संस्कृति, प्रकृति र उपजको मेल पनि हो। यहाँका धेरै परिवारले परम्परागत तरिकासँगै आधुनिक प्रविधि अपनाएर मौरीपालनलाई आर्जनको महत्वपूर्ण माध्यम बनाइरहेका छन्। तोरी–फूलको मौसम आयो भने उनीहरूका लागि यो मह संकलनको स्वर्णिम समय हो। मौरीले तोरिका फुलबाट टिपेको पराग र रसबाट बन्ने ताजा, शुद्ध र सुगन्धित मह स्थानीय बजारदेखि बाहिरसम्म निकै लोकप्रिय मानिन्छ।स्थानीय का अनुसार मैरी पालन मा गाउपालिका सरकार बिशेश ध्यान दिनुपर्ने र गाउपालिका सरकार ले बजेट छुट्टाउनु पर्ने र अनुदान प्रदान गरेका रोजगारी र आर्थिक वृद्धि हुने बताएका छ्न।
फूल र मौरीको यो संगमले गाउँपालिकाको अर्थतन्त्रलाई मात्र चलायमान बनाउँदैन, यहाँको पर्यटन र प्राकृतिक पहिचानलाई पनि अझ उचाइ दिन्छ। वर्तमान अबस्थामा हेर्दा स्थानीय पर्यटन व्यवसायिहरु पनि मैरी पालन ले गर्दा पर्यटन प्रबर्द्धनमा सहयोग पुग्न बताउछ्न।फुलबारी जस्तै पहाड, मौरीको गुन्गुनाहट, किसानका मुस्कान र प्रकृतिको रमाइलो संयोजनले बेथानचोकलाई अझै ‘सुन्दर गाउँपालिका’को रूपमा चिनाइरहेको छ ।वर्तमान मा नि चिनाउने छ।
यहाँका तोरि फूलरहेका बारि, मौरीपालन, स्थानीय परिकार, सांस्कृतिक पाहुना–सत्कार र प्राकृतिक सौन्दर्यलाई एकैसाथ प्रचार–प्रसार गर्न सकियो भने बेथानचोक केवल कृषि र मौरीपालनमा मात्र होइन, गाउँ पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुने सम्भावना निकै ठूलो रहेको पर्यटन व्यवसायी बताउछन।

अहिलेको यो तोरिफूलको मौसम केवल आँखाको सौन्दर्य मात्र होइन—यो प्रकृतिसँग मनले रमाउने, मौरीसँग जीवनको लय बुझ्ने र मेहनतको मिठास महको रूपमै बेथानचोकमा चाख्ने बेला हो।










