धुलिखेलमा राजमार्ग ग्ल्याम्पिङ्ममा ड्रोन प्रबिधी कार्यशाला हुने

काभ्रे-:नेपालको ड्रोन र उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) मिलेर धुलिखेलको हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना गर्ने भएको छ !

कार्यशाला मंसिर २५ गते (डिसेम्बर १०) हुने छ। चीनका प्रतिष्ठित उड्डयन विशेषज्ञहरूको टोलीमा GCAC का डिन टियान जु, उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ उपस्तिथि मा उक्त कार्यशाला गर्ने भएको हो !
कार्यशाला नेपालबाट नेपाल मानव रहित विमान (ड्रोन) संघ UDAAN का अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण UDAAN टीमको पनि सहभागिता जनाउनेछन ।

कार्यशालाको सुरुवात RC (रिमोट कन्ट्रोल) विमान प्रदर्शनबाट हुनेछ भने जसमा विद्यार्थीहरूले नवप्रवर्तन क्षमता र एयरोमोडेलिङ सीप प्रदर्शन गर्ने भएकाछन्। सीप प्रदर्सन पछि GCAC ले उन्नत UAV प्रणाली, तालिम मापदण्ड, नियामक अभ्यास, औद्योगिक उपयोग र भविष्य सम्भावनाबारे विस्तृत प्रस्तुति गरिने छ।

कार्यक्रमको नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले गर्ने छन भने प्राविधिक तथा कार्यक्रम समन्वय अफताब आलम, सञ्चार र सहभागी व्यवस्थापन सचिन सिंह र ओम साह, लजिस्टिक्स रसिदव राजले सम्हालिरहेका छन्। GCAC तर्फ सुजित चौधरी र दीपिका केसीले परियोजना नेतृत्व गर्नेछन्।

कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनमा हाइडअवे ग्ल्याम्पिङका सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष योगदान दिएका छन्। GCAC टोली नेपाल भ्रमणको क्रममा काठमाडौँ र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरू अवलोकन गरी विपद् व्यवस्थापन, उद्धार, खोज तथा आगो नियन्त्रणमा ड्रोन प्रयोग बारेमा अनुभव आदानप्रदान गरिने छ।

ड्रोन हब नेपालका अनुसार, कार्यशालाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदानमार्फत नेपालको UAV इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियरलाई प्रेरित गर्नु र विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण तथा विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोग प्रवर्द्धन गर्नु हो।

विद्यार्थी–केन्द्रित नवप्रवर्तन प्रदर्शन, अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता र नेपाल मानव रहित विमान (ड्रोन) संघ UDAAN टीमको उपस्थिति सहित यो कार्यशाला नेपालका लागि ड्रोन तथा उड्डयन प्रविधिको क्षेत्रमा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ