सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार सरकारको प्राथमिकता सुशासन र निर्वाचन रहेको बताएकी छिन्। सरकार गठनको १०० दिन पूरा भएको अवसरमा जारी गरेको भिडियो सन्देशमा उनले भने, “चुनावमा कसले जित्छ वा हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो।”

उनले अराजकताले कसैलाई खुसी नदिने र केवल शान्ति र स्थिरताले समृद्धिको ढोका खोल्ने बताइन्। “हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो एक लामो र निरन्तर यात्रा हो। यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैलाई अथक परिश्रम र धैर्यको आवश्यकता छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले सुरक्षाको सवालमा कुनै कसर बाँकी नराखिएको र आगामी निर्वाचनको सुरक्षा सुनिश्चित गर्न आवश्यक तयारी पूरा गरिएको उल्लेख गरिन्। “एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १३४२ हतियारमध्ये अधिकांश बरामद गरिसकिएको छ, र ३२ थप हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ४६५ प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याएर सुरक्षा व्यवस्था सुदृढ गरिएको छ।”

उनले निर्वाचन आयोगलाई रु ६ अर्ब ७३ करोडको बजेट सुनिश्चित गरिएको र आगामी निर्वाचनका लागि सबै सुरक्षा उपायहरु व्यवस्थित गरिएकी जानकारी पनि दिइन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ