खुशी समाज युवा क्लबलाई जर्सी र फुटबल हस्तान्तरण

खानीखोला । खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ। खुशी समाज युवा क्लवले आयोजना गर्न लागेको ल्होछार कप भव्यरुपमा फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील) को पहलमा क्लबका खेलाडीहरूलाई १५ थान जर्सी र २ थान फुटबल प्रदान गरिएको हो। जर्सीहरू क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष श्याम कार्कीले पनौती नगरपालिका–८ का वडा सचिव तथा समाजसेवी भगवान बस्नेतको समन्वयमा उपलब्ध गराउनुभएको हो। त्यसैगरी, समाजसेवी तथा युवा नेता, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष विरेन्द्र लामाले दुई थान फुटबल प्रदान गर्नुभएको थियो।

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता दैवलाल घिसिङ (अनुशील), क्षेत्री समाज काभ्रेका अध्यक्ष संगम क्षेत्री, पनौती प्रहरी चौकीका इञ्चार्ज रामबहादुर कार्की, समाजसेवी तथा पनौती–८ का सचिव भगवान बस्नेत, प्रहरी हल्दार रमेश भट्टराई, समाजसेवी सृजना थिङ, राजन अधिकारी, विजय जिम्बा, डिबी लामा र विकास लामालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत खेलकुद सामग्रीहरू खुशी समाज युवा क्लबका अध्यक्ष इकमान लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै अनुशासन, स्वास्थ्य र सामाजिक एकता सुदृढ गर्न यस्ता सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ