काठमाडौँ । हङ्गेरी पठाइदिने भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा महेश तामाङ पक्राउ परेका छन्।
दोलखा कालिन्चोक–४ स्थायी घर भई गोकर्णेश्वर–८ बस्दै आएका उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो।



उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पेस गरिएको छ।








