काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिने भएको छ।
शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलमा धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययनका लागि तत्काल एक अध्ययन समिति गठन गर्ने निर्णय भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले समिति गठनको उद्देश्य धरहराको व्यवस्थापन र हस्तान्तरणसम्बन्धी आवश्यक अध्ययन गर्नु भएको हो भनी जानकारी दिइन्। उनले, धरहरा महानगरको जिम्मेवारीमा आएपछि महानगरको आन्तरिक राजश्वमा वृद्धि हुने विश्वास पनि व्यक्त गरेकी छन्।










