मकवानपुर बिजौनास्थित सडकमा बस दुर्घटना, २२ जना घाइते

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा बसमा सवार २२ जना घाइते भएका हुन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ