काठमाडौँ । व्यक्तिभन्दा संस्थामाथि रहनुपर्ने र टिमवर्कमा काम मन पराउने भण्डारीले आफ्नो उम्मेदवारी अहिलेसम्म गरेको समाजसेवालाई संस्थागत गर्ने र लायन्स क्लबलाई संसारकै उदाहरणीय समाजसेवाको रुपमा अग्रणी बनाउने प्रमुख उद्देश्य बनाएको बताएका छन् ।
राजन लम्साल, ईन्दु लम्साल, विनोद ढुङ्गाना, पार्वती खरेल, भीमलाल पौडेल लगायतका लायन्सयन्स ३२५ आइको सेकेण्ड भिडिजीमा भण्डारी उम्मेदवार
लायन्स क्लब इण्टरनेशनल ३२५ आइ नेपालको सेकेण्ड भिडिजी द्वितीय भाइस डिष्टिक गभर्नरका लागि विष्णुप्रसाद भण्डारीले उमेदवारी दिएका छन् ।
गुल्मीका सामाजिक व्यक्तित्व एवं लामो समयदेखि लायन्स क्लबमा आबद्ध भएर प्रभावकारी भूमिका खेल्दै आएका भण्डारीले उम्मेदवारी दिएका हुन् ।
सन् २०१० मा राजन लम्साल गभर्नर हुँदा सदस्यता लिएर लायन्स अभियानमा आबद्ध भएका लायन्स लिडर भण्डारीले लायन्स क्लब लर्डबुद्ध स्थापना गरेका थिए ।
सो क्लबमार्फत देशका विभिन्न जिल्लामा दर्जनौं वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी लगेर ऐतिहासिक खालका स्वास्थ्य शिविर, ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच नभएका बालबालिकालाई पठनपाठनको व्यवस्था, मानव सेवा आश्रमहरूमा निरन्तर सहयोग, दुर्गम जिल्लामा जाडोबाट जोगिने न्यानो कपडा पुर्याउने, जहाँ रगतको अभाव हुन्छ त्यहाँ तत्काल रक्तदानको व्यवस्था गरी रगत संकलन गर्ने, बाढी पहिरोपीडितलाई सहयोग गर्ने जस्ता सामाजिक कार्यहरू भण्डारीका अनुकरणीय कार्य रहेका छन् ।
लायन लिडर भण्डारीले गरेका सामाजिक कार्यलाई लायन्स क्लब डिष्टिकले मात्र होइन अन्य प्रतिष्ठित संस्था एवं सरकारी निकायबाट सम्मानित पनि भएका छन् क्लबका गभर्नरदेखि अन्य डिष्टिकका लिडरहरूले साथ दिएको बताइएको छ ।
लायन्स कलब इण्टरनेशनल ३२५ आई नेपालको सेकेण्ड भिडिजीमा भण्डारीको आवश्यकता रहेको लायन्स लिडरहरूले जनाएका छन् ।










