काठमाडौँ । हेटौँडामा भएको सवारी दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन् ।
पूर्व–पश्चिम राजमार्गको हेटौँडा–१९ बस्तीपुर क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










