काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
कँडेल यसअघि रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन्।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दामा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने, सरकारवादी मुद्दाहरूमा बहस तथा पैरवीको जिम्मेवारी सम्हाल्ने प्रमुख पद हो।










