नेप्से परिसूचक १३.४६ अङ्कले घट्यो, कारोबार करिब ९ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३ दशमलव ४६ अङ्कले घट्दै २,८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ। यो कुल ०.४७ प्रतिशतको गिरावट हो।

आज ३३५ कम्पनीका दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँ पुगेको छ।

कारोबारमा जलविद्युत् समूह ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले बढेको देखिएको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी ०.१२, जीवन बीमा ०.७१, लघुवित्त ०.७३, म्युचुअल फन्ड ०.४९, निर्जीवन बीमा ०.४८ र अन्य समूह १.३९ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। यता, एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य भने ४.१७ प्रतिशतले घटेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ