काठमाडौँ । बैतडीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सुर्नया गाउँपालिका–८ अन्तर्गत ढोल्यामोड–पुर्चौडी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३४ वर्षीय जनक लुहारको ज्यान गएको हो।
दुर्घटनामा अमिर कठायत, हिक्मत कुँवर, जयबहादुर चन्द र केशवबहादुर चन्द घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।
प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।










