सिरहामा हावाहुरीको कहर: पर्खाल भत्किँदा एक महिलाको मृत्यु

काठमाडौँ । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण सिरहा जिल्लामा एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर निवासी ६० वर्षीया किसुनवती यादव रहेको प्रहरीले जनाएको छ।

उनी घरभित्र बसिरहेको अवस्थामा आएको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। त्यसपछि पर्खाल भत्किँदा इँटाले टाउकोमा चोट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पाल का अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइएको छ।

यसैबीच, मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनेको छ। अन्य स्थानमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ