काठमाडौँ । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा अदालतले ७ दिनको थप हिरासत अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासबाट उक्त निर्णय गरेको हो। भट्ट र अग्रवाल क्रमशः चैत १९ र २१ गते पक्राउ परेका थिए।










