पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ

काठमाडौँ । पोखरामा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने तथा अवैध गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन कास्की प्रहरीले गए राति ‘स्वीप अप्रेसन’ चलाएको छ। सो क्रममा १२२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको छ भने केहीको साथमा गाँजा फेला परेको छ। बैदाम, रामबजार, शिशुवा, बगर र जिप्रका आसपासका क्षेत्रमा एकैसाथ अप्रेसन गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ