दैनिक प्रयोगका लागि उत्कृष्ट Redmi Buds 8 Active नेपालमा, मूल्य ४,५०० मात्र

काठमाडौँ । Xiaomi ले नेपालमा Redmi Buds 8 Active नामको नयाँ वायरलेस इयरबड्स ल्याएको छ। यो इयरबड्स हलुका र सानो डिजाइनमा उपलब्ध छ, जसले गर्दा दैनिक प्रयोगका लागि सजिलो हुन्छ।

यसलाई एकपटक चार्ज गर्दा ७ घण्टासम्म चल्छ भने केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिन्छ। १० मिनेट चार्ज गर्दा २ घण्टा चल्ने सुविधा पनि छ। राम्रो आवाजका लागि यसमा टाइटानियम ड्राइभर र एआई नॉइज रिडक्सन प्रयोग गरिएको छ।

यसमा गुगल फास्ट पियर र दुईवटा डिभाइससँग कनेक्ट हुने सुविधा पनि छ। पानी र धुलोबाट सुरक्षित भएकाले यात्रा र व्यायामका लागि पनि उपयुक्त छ। यसको मूल्य ४,४९९ रुपैयाँ रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ