सरकारी बोलपत्र प्रणालीमा अनधिकृत हस्तक्षेप, दुई जना पक्राउ

काठमाडौँ । सरकारी खरिद अनुगमन कार्यालय (PPMO) को e-GP प्रणाली ह्याक गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

उनीहरूले अनधिकृत रूपमा सिस्टममा प्रवेश गरी ठेक्काका कागजातहरू परिवर्तन गरेको आरोप छ।

सीआईबीले स्वदेश पोखरेल र प्रकाश ढुङ्गानालाई पक्राउ गरेको हो। उनीहरूले आर्थिक प्रस्ताव खोल्नुअघि नै डकुमेन्ट हेरफेर गरेको बताइएको छ।

उनीहरूविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। साथै संगठित अपराध अन्तर्गत पनि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ