काठमाडौँ । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।
सप्तरी प्रहरीका अनुसार अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरका ६६ वर्षीय यज्ञश्वर निरौलाको गएराति हात्तीको आक्रमणमा मृत्यु भएको हो। आफ्नै बारीमा मकै रेखदेख गर्न बसेका उनलाई राति करिब ११:४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।










