लाइसेन्स तयार भए/नभएको जानकारी नागरिक एपमा, एन्ड्रोइडमा मात्रै उपलब्ध

काठमाडौँ । नागरिक एपमा नयाँ अपडेटसँगै अब सवारी चालक अनुमतिपत्र छापिएको छ वा छैन भन्ने जानकारी मोबाइलमै हेर्न सकिने भएको छ।

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू वितरणका लागि पठाउन थालेपछि यो सुविधा प्रयोगमा ल्याइएको हो।

एपको ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा गएर प्रयोगकर्ताले आफ्नो लाइसेन्सको स्थिति थाहा पाउन सक्छन्।

छापिएको भए सम्बन्धित कार्यालयबाट लिन अनुरोध गर्ने सन्देश देखिन्छ।

हाल यो सुविधा एन्ड्रोइडमा मात्र उपलब्ध छ भने आईओएसमा पनि छिट्टै ल्याइने तयारी छ।

लाइसेन्स लिन जाँदा नयाँ आवेदकले राजस्व तिरेको सक्कल रसिद लैजानुपर्नेछ भने नवीकरण गर्नेहरूले पुरानो लाइसेन्स अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ