सरकारी कार्यक्रम अब कार्यालयभित्रै गर्न भूमि मन्त्रालयको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका सबै निकायलाई कार्यालयबाहिर होटेल वा रिसोर्टमा कार्यक्रम नगर्न निर्देशन दिएको छ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार परिपत्र जारी गर्दै सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई सरकारी खर्च मितव्ययी र प्रभावकारी बनाउन आग्रह गरेको हो।

निर्देशनअनुसार अब बैठक, गोष्ठी, तालिम तथा सेमिनारजस्ता कार्यक्रम कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा हल र तालिम कक्षमै सञ्चालन गर्नुपर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ