काठमाडौँ । रुपन्देहीमा बस र माइक्रोबस आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रोबस बुटवल–बर्दघाट सडकखण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकहरूको पहिचान भने खुल्न बाँकी रहेको छ।










