काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका क्षेत्रमा भएको जीप दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ।
रुकुमबाट जलजलातर्फ जाँदै गरेको जीप सडकबाट झण्डै ८ सय मिटर तल खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रामचन्द्र बगालेका अनुसार वर्षाका कारण उद्दारमा समस्या भइरहेको छ र थप विवरण आउन बाँकी छ।










