काठमाडौँ । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–५ मोतीपुर स्थायी घर भई हाल पर्सामा बस्दै आएका २१ वर्षीय अरुण कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार उनी उक्त मुद्दामा फरार रहेका थिए र हाल उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।










