बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौँ । काठमाडौँका बल्खु र वंशीघाटबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारले विवरण संकलन सुरु गरेको छ।

दशरथ रंगशालामा शुक्रबार दिउँसोसम्म ५० परिवारले आफ्नो विवरण दर्ता गराएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार विवरण संकलनपछि उनीहरूलाई स्वास्थ्य जाँच तथा परामर्शसहित ललितपुर, भक्तपुर, काठमाडौँ र काभ्रेका विभिन्न होल्डिङ सेन्टरमा पठाइने तयारी भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ