तनहुँमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

तनहुँ । तनहुँमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–११ फेदीका ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई नियन्त्रणमा लिइएको हो।

उनीविरुद्ध पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि रूपाकोट प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ