खोटाङ । खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो भने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर ज्यान गएको हो ।
बतासेका वडाध्यक्ष बबेन्द्र राईका अनुसार गाउँमा विद्युत् अवरुद्ध भएपछि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढ्ने क्रममा करेन्ट लागेर राईको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न गएका कार्की भीरबाट लडेर ज्यान गुमाएका हुन् ।










