काभ्रे । अग्रज पत्रकार तथा कवि यदुनाथ गौतम “देउपुरे”ले उनँका स्वर्गीय माता पिताको स्मृतिमा ’हरिमाया–पदमनिधी साहित्य पुरस्कार घोषणा गरेका छन् ।
शनिबार प्रगतिशील लेखक सङ्घ काभ्रेले गरिने नियमित कवि गोष्ठी कार्यक्रममा गौतमले यसको जानकारी गराईएका थिए । उक्त पुरस्कार आगामी जेष्ठ महिनामा प्रदान गर्ने गरि तीन सदस्यीय पुरस्कार छनोट समिति समेत बनाइएको छ ।
यसैगरि शनिबार प्रगतिशील लेखक सङ्घ काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम ाहित्यकार नर्मदेश्वरी सत्यालको प्रमुख अतिथ्यतामा भएकोे थियो । यसपटक स्रष्टा विशेषका रूपमा रामसुन्दर देउजाले श्रृजना वाचन गरेका थिए ।
कार्यक्रममा यदुनाथ गौतम “देउपुरे”नवराज उत्साही, सरस्वती चिमोरिया, शुसिला बिस्ट, मुरहरी रायमाझी हरि, दिनेश खरेल, बलराम बिस्ट, हरिप्रसाद चौलागाईं, शारदाप्रसाद धिताल, अल्फि फोइन फालुक्पा,पूर्ण श्रेष्ठ ह्रदयाङ्कृत लगायत कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।
प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले कार्यक्रममा प्रस्तुत कवितामाथि समालोचनात्मक तथा समीक्षात्मक टिप्पणी गरेकी थिईन । अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमी लगायत हल उपलब्ध गराइदिने नेपाल शिक्षक सङ्गठन प्रति धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रम रक्तिम लामाको सभापतित्वमा भएको थियो ।










