काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेरपछि मात्रै वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको उत्तरपुस्तिका यसपटक परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।










