इनड्राइभ विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौँ । ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप बन्न सफल भएको छ ।

मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावरका अनुसार इनड्राइभले लगातार चौथो वर्ष पनि आफ्नो स्थान कायम राखेको हो । साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौं स्थानभन्दा एक स्थान माथि हो ।

कम्पनी हाल ४८ देशका १,१०० भन्दा बढी सहरहरूमा सञ्चालनमा छ र हालसम्म ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ । साथै, यस प्लेटफर्ममार्फत ८ अर्बभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको प्रतिवेदनमा उल्लेख छ ।

इनड्राइभले हाल राइड–हेलिङसँगै अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी र वित्तीय सेवासहित ‘सुपर एप’ मोडेलतर्फ आफ्नो सेवा विस्तार गरिरहेको छ ।

कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स एनालिटिक्सको प्रयोगमार्फत म्यापिङ सुधार, ETA अनुमान र प्रयोगकर्ता–अनुकूल सेवा सिफारिसजस्ता सुविधामा सुधार गरिरहेको जनाएको छ ।

इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले यो उपलब्धि प्रयोगकर्ताको विश्वास र प्लेटफर्मप्रतिको अपनत्वको परिणाम भएको बताएका छन् । उनले भविष्यमा अझ पहुँचयोग्य, पारदर्शी र बहु–सेवा केन्द्रित प्लेटफर्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालका सन्दर्भमा पनि ‘फेयर प्राइसिङ’ मोडेल र लचिलो सेवा प्रणालीले यात्रु तथा चालक दुवैमा यसको लोकप्रियता बढ्दै गएको कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ