काठमाडौँ । नेपाली बजारमा vivo को नयाँ फ्ल्यागशिप स्मार्टफोन vivo V70 FE सार्वजनिक भएको छ । आकर्षक डिजाइन, उच्च क्षमताको ब्याट्री र २०० मेगापिक्सेल क्यामेरासहितको यो फोन बिहीबारदेखि बिक्रीमा आएको हो ।
फोनमा ओआईएस सपोर्टसहितको २०० मेगापिक्सेल मुख्य क्यामेरा र ३२ मेगापिक्सेल सेल्फी क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले यसबाट उच्च गुणस्तरको फोरके स्टेबल भिडियो रेकर्ड गर्न सक्नेछन् ।
फोनलाई थप स्मार्ट बनाउन एआई म्याजिक ल्याण्डस्केप, स्नो टाउन र एआई म्याजिक वेदरजस्ता विशेष फिचर राखिएको छ । साथै, ७.५९ एमएम पातलो डिजाइन, १.५के एमोलेड डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ७३६०-टर्बो प्रोसेसरले यसको प्रदर्शनलाई बलियो बनाएको कम्पनीको दाबी छ ।
यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको ईएमआई सुविधामार्फत पनि फोन खरिद गर्न सक्नेछन् ।










