भैरब माबीमा झोला तथा स्टेसनरी बितरण

काभ्रे । भैरब रिसाल फाउन्डेसनबाट भैरब माबी महाभारत गाउपालिका वडा न १ मा रहेको भैरब मा बी का बाल बिकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाइ झोला कपि र शिसा कलम सहित २४० वटा बितरण गरिएको छ । बरिस्ठ पत्रकार एब साहित्यकार भैरब रिसालकी छोरी एब प्राध्यापक सुषमा रिसाल सापकोटाले बुबा को स्मृतिमा भैरब रिसाल फाउन्डेसनबाट बिधालयमा पुगेर झोला बितरण गर्नु भएको हो ।

झोला तथा कपि सिशा कलम बितरण गर्दै बुबाको स्मृतिमा बिकट तथा दुर्गम स्थान झोला बितरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो, उहाले गरिब जेहन्दार बिद्यार्थीहरुलाइ स्टेसनरी सहित झोला बितरण थप उर्जा मिलेको र प्रत्येक बर्ष जस्तै काभ्रेको महाभारत गाउपालिका सम्म आउन सहयोग गर्नु बिधालयका सस्थापक प्रअ खुबनाथ दुलाललाई पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

फाउन्डेसन सग बिधालयका सस्थापक प्रधानाध्यापक खुबनाथ दुलालले सहजीकरण गर्नु भएको थियो ।

 

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ