अत्यधिक गर्मीले कञ्चनपुरका दुई पालिकामा विद्यालय समय परिवर्तन

काठमाडौँ । अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले विद्यालय सञ्चालन समय परिवर्तन गरेका छन्।

स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै दुवै पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू अब बिहानको सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

कृष्णपुर नगर प्रमुख हेमराज ओझाका अनुसार नयाँ समय व्यवस्थापनअनुसार पाठ्यक्रमले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न आइतबार पनि विद्यालय सञ्चालन गरिनेछ।

यस्तै, शुक्लाफाँटा नगरपालिकाले पनि बढ्दो गर्मीलाई ध्यानमा राख्दै जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानै सञ्चालन गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले अभिभावक, शिक्षक र विद्यार्थीको मागअनुसार समय परिवर्तन गरिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ