काठमाडौँ । Meta को रे-बान स्मार्ट ग्लासमा अब हातले संकेत गरेरै मेसेज पठाउन सकिने भएको छ । कम्पनीले नयाँ सफ्टवेयर अपडेटमार्फत यो सुविधा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार प्रयोगकर्ताले न्युरल रिस्टब्यान्डको सहयोगमा हातको सामान्य इसारा प्रयोग गरेर मेसेज टाइप गर्न सक्नेछन् । यो सुविधा WhatsApp, Messenger, Instagram लगायत विभिन्न मेसेजिङ एपमा उपलब्ध हुनेछ ।
मेटाले स्मार्ट ग्लासमा ‘डिस्प्ले रेकर्डिङ’ र ‘वाकिङ डिरेक्सन’ जस्ता थप फिचर पनि ल्याएको छ । वाकिङ डिरेक्सन सुविधा हाल अमेरिका, लन्डन, पेरिस र रोमजस्ता सहरमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, डेभलपरहरूका लागि ‘डेभलपर प्रिभ्यु’ पनि सार्वजनिक गरिएको छ, जसले मेटा रे-बान ग्लासका लागि नयाँ एप विकास गर्न सहयोग गर्नेछ ।










