समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

फिर्ता पाउनेमा कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका ७ जना साना बचतकर्ता रहेका छन् । समितिका अनुसार पहिलो चरणमा थोरै रकम भएका बचतकर्तालाई भुक्तानी गरिएको र क्रमशः अन्यलाई पनि वर्गीकरणका आधारमा रकम फिर्ता गरिनेछ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने छ, जसमा अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ता रूपमा वर्गीकरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि ऋण असुलीको काम पनि तीव्र रूपमा अघि बढाइएको बताइन् । समितिका अनुसार हालसम्म दुई करोड रुपैयाँभन्दा बढी ऋण असुली भइसकेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ