स्कुलिङ कार्यक्रम सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको आयोजनामा तीन दिने “डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जेठ २ गतेदेखि सुरु भएको उक्त विशेष प्रशिक्षण कार्यक्रम हिजो (जेठ ४ गते) समापन भएको , ​डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो !

२०२६/०२७” ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा कार्यक्रमको उद्घाटन पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानले गर्नुभएको थियो। कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी लायन राजन लम्साल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विभिन्न पाष्ट डिष्ट्रिक्ट गभर्नरहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।

​तीन दिनसम्म सञ्चालन भएको आवासिय स्कुलिङ कार्यक्रममा लायन्सको उद्देश्य, सामाजिक सेवामा लायन्सको भूमिका, नेतृत्व विकास तथा व्यावहारिक जीवन उपयोगी विषयहरूमा सघन प्रशिक्षण एवं अन्तरक्रिया गरिएको थियो।

​कार्यक्रममा प्रख्यात उत्प्रेरक तथा विज्ञहरूले सहजीकरण गर्नुभएको थियो, जसमा:​मोटिभेटर स्पिकर मन्नासी अग्रवाल ,​पीडीजी लायन डी.के. ढुङ्गाना,​मोटिभेटर स्पिकर रामजी अधिकारी,​लायन राजन लम्साल,​लायन चन्द्र  कुमार केसी र लायन राम बहादुर बस्सेल लगायत हुनुहुन्थ्यो।

​कार्यक्रम संयोजक एवं लायन्स वर्ष २०२६/०२७ का दोस्रो उपाध्यक्ष लायन बिष्णु प्रसाद भन्डारीका अनुसार उक्त महत्वपूर्ण प्रशिक्षणमा क्याबिनेटका २१६ जना पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​सन् २०२६/०२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीले प्रशिक्षणमा सहभागी सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यस क्रममा उहाँले आफ्नो आगामी कार्यकालमा “Caring By Sharing” (बाँडेर हेरचाह गर्ने) भन्ने मूल नारा (स्लोगन) लाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​कार्यक्रमको सञ्चालन वर्ष २०२६/०२७ का लागि मनोनीत सचिव लायन अनुजकुमार श्रेष्ठले गर्नुभएको थियो भने समापन समारोहका अवसरमा   ईमिडेट पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले सहभागी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

आगामी जेठ ९ गते चित्लाङमा चौथो क्याबिनेट बैठक हुने

​ यसैबीच, डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट बैठक आगामी २०८३ जेठ ९ गते मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल चित्लाङमा आयोजना हुन गइरहेको जानकारी समेत सो अवसरमा दिइएको छ।

​लायन्सको नेटवर्क: हाल नेपालभर लायन्सका १५ वटा डिष्ट्रिक्ट, २३०० भन्दा बढी क्लब र हजारौँ सदस्यहरू सामाजिक सेवामा सक्रिय छन्। जसमध्ये डिष्ट्रिक्ट ३२५ आईमा मात्रै ५ हजारभन्दा बढी सदस्यहरू आबद्ध रहेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ