काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले बढ्दै शेयर बजारमा उत्साह देखिएको छ ।
कारोबार बन्द हुँदा नेप्से ३० दशमलव ०८ अङ्कले बढेर दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।
आज अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । कारोबार भएका २४८ कम्पनीको शेयर मूल्य उकालो लाग्दा २१ कम्पनीको मात्रै घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
लगानीकर्तामध्ये अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका शेयरधनीले सर्वाधिक नाफा कमाए ।










