काठमाडौं । महोत्तरीमा छुट्टाछुट्टै स्थानमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लोमा नदीमा नुहाउने क्रममा तीन बालिकाको र गौशाला नगरपालिका–४ रजखोरमा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।
सरपल्लोमा स्नेहाकुमारी भण्डारी, शिवानीकुमारी भण्डारी र अफसाना खातुनको नदीमा डुबेर ज्यान गएको हो भने रजखोरमा दुई वर्षीया दीपिका कुमारी महतोको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चारै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










