काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्।
महानगरका अनुसार आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्। तीमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ।
विषयगत रूपमा सबैभन्दा धेरै आवेदन विज्ञान विषयमा परेको छ, जसमा १८ हजार ९९६ विद्यार्थी छन्। त्यसपछि व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ आवेदन परेका छन्।
अनलाइन आवेदन प्रक्रियामा कठिनाइ हुने विद्यार्थी र अभिभावकका लागि महानगरले सम्बन्धित विभागमा सहायता कक्ष स्थापना गरी सहजीकरण गरेको जनाएको छ। हालसम्म ८४ आवेदन अस्वीकृत भएका छन्।
छात्रवृत्तिका लागि नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११ र १२ मा कुनै पनि शैक्षिक शुल्क तिर्नु नपर्ने व्यवस्था रहेको महानगरले स्पष्ट पारेको छ।










