गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताएका छन् ।
मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।



राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उनले भने, ‘रास्वपाभित्र के हुन्छ के हुँदैन रु त्यो हाम्रो सरोकारको विषय होइन । पाँच बर्ष उनीहरुले सरकार चलाउन पाएका छन्, उनीहरुले सरकार चलाउनुहुन्छ ।
देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको उनले स्पष्ट पारे । राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उनको भनाइ थियो ।








